arrow

गाजावासीलाई मानवीय राहत बढाउन विश्व निकाय तयार [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २४ शुक्रबार
antonio-guterres-un.jpg

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बिहीबार युद्धविराम सम्झौताको घोषणापछि गाजावासीलाई मानवीय राहत बढाउन विश्व निकाय तयार रहेको बताएका छन् ।

राष्ट्रपति डोनाल्ड जे ट्रम्पले प्रस्तुत गरेको प्रस्तावको आधारमा गाजामा युद्धविराम र बन्धकहरूको रिहाई सुनिश्चित गर्ने सम्झौताको घोषणालाई आफूले स्वागत गरेको उनले बताए ।

एनले संयुक्त राज्य अमेरिका, कतार, इजिप्ट र टर्कीको कुटनीतिक प्रयासको प्रशंसा गर्दै यस क्षणको लागि धेरै लामो समय पर्खिएको बताए । 

यसलाई कसैले बिर्सन नहुने भन्दै गुटेरेसले सबै पक्षहरूलाई सम्झौताका शर्तहरू पूर्णरूपमा पालना गर्न र यसले प्रस्तुत गर्ने अवसरहरूलाई पूर्ण रूपमा स्वीकार गर्न आग्रह गरेको समाचार संस्था सिन्ह्वाले जनाएको  छ । 

सबै बन्धकलाई सम्मानजनक तरिकाले रिहा गरिनुपर्ने भन्दै उनले स्थायी युद्धविराम सुनिश्चित गर्नुपर्ने र सधैँको लागि बन्द हुनुपर्नेमा उनले जोड दिए । संयुक्त राष्ट्र संघले यसको पूर्ण समर्थन प्रदान गरेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ