अर्थमन्त्री खनाल र जाइकाका वरिष्ठ उपाध्यक्षबीच वाशिङ्गटन डिसीमा भेटवार्ता
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २९ बुधबार
888
Shares
काठमाडौँ। अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी (जाइका)का वरिष्ठ उपाध्यक्ष हारा सोईबीच मङ्गलबार वाशिङ्गटन डिसीमा भेटवार्ता भएको छ।
विश्व बैंक समूहको वार्षिक बैठकमा भाग लिन अमेरिका पुगेका मन्त्री खनालले साइडलाइन भेटघाटअन्तर्गत जाइकाका उपाध्यक्षसँग भेटवार्ता गरेका हुन्।
भेटवार्तामा जाइकाले नेपालमा सञ्चालन गर्दै आएको विभिन्न परियोजनाको प्रगति र चासोका विषयमा छलफल भएको थियो।
भेटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधिहरू, मन्त्री खनालको भ्रमणदलका सदस्यहरू तथा जाइकाका अन्य कर्मचारीहरूको समेत सहभागिता रहेको यहाँस्थित राजदूतावासले जनाएको छ।