भक्तपुर क्यान्सर अस्पतालले देशभर ‘प्यालियटिभ’ सेवा विस्तार गर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
910
Shares
भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले देशभर प्यालियटिभ सेवा विस्तार गर्ने घोषणा गरेको छ ।
‘विश्व हस्पिस तथा प्यालियटिभ केयर दिवस-२०२५’ का अवसरमा आयोजित कार्यक्रममा सोे घोषणा गरिएको हो ।
अस्पतालका कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले ‘बिसिएच प्यालियटिभ केयर फन्ड’ स्थापना गर्ने घोषणा गरे।
सो कोषले आर्थिक रूपमा कमजोर बिरामीलाई निःशुल्क सेवा प्रदानमा सहयोग गर्ने उनले बताए ।
नेपालमै पहिलोपटक हस्पिस सुविधा स्थापना गर्ने लक्ष्य राखेको जानकारी गराउँदै उनले भक्तपुर क्यान्सर अस्पतालले सञ्चालन गरिरहको प्यालियटिभ केयरलाई थप सुदृढ बनाउने तयारी गरेको बताए ।
कार्यक्रममा मिस नेपाल २०२५ की लुना लुइँटेलले समाजका सबै वर्गले उपयोग गर्नसक्ने गरी प्यालियटिभ केयरलाई अगाडि बढाउनुपर्ने बताए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बूढाथोकीले नेपाल सरकारले २०२५ देखि २०३५ सम्मका लागि राष्ट्रिय प्यालियटिभ केयर रणनीति स्वीकृत गरेको भन्दै यसले देशभर प्यालियटिभ सेवा विस्तारमा सहयोगी हुने बताए ।