arrow

सरकारलाई दबाब

कांग्रेसले भन्यो - सरकार निर्वाचन गराउनतर्फ गम्भीर देखिएन [भिडियो]

राजदूत फिर्ताले अन्तर्राष्ट्रिय सम्बन्धमा धेरै असर पर्न सक्ने दाबी, अहिले सम्पूर्ण शक्ति र उर्जा निर्वाचन गराउनेतर्फ लाग्नुपर्नेमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३१ शुक्रबार
prakash-sharan-mahat-nc-31-06.jpg

काठमाडौँ । नेपाली कांग्रेसले सरकार निर्वाचन गराउने भने पनि त्यसमा गम्भीर नरहेको बताएको छ । पार्टीको शुक्रबारको केन्द्रीय समिति बैठक पश्चात् प्रवक्ता डा.प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

सरकारले निर्वाचन गराउने भने पनि सरकारको काम हेर्दा निर्वाचन गर्नेतर्फ सरकार गम्भीर नभएको महतले बताए । पछिल्लो अवस्थामा सरकारले राजदूत फिर्ता गरिरहेको भन्दै उनले यसरी राजदूत फिर्ताले अन्तर्राष्ट्रिय सम्बन्धमा धेरै असर पर्न सक्ने दाबी गरे । प्रवक्ता महतले अहिले सम्पूर्ण शक्ति र उर्जा निर्वाचन गराउनेतर्फ लाग्नुपर्नेमा जोड दिए । 

केन्द्रीय कार्यसमिति बैठक शनिबार दिउँसो १ बजे पुनः बस्ने गरी स्थगित भएको छ । मंगलबार सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठक शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको हो । बैठकमा विभिन्न १० वटा प्रस्तावमाथि धारणा राख्नेक्रम जारी नै छ ।

शुक्रबारको बैठकमा केन्द्रीय तथा आमन्त्रित सदस्यले आआफ्नो धारणा व्यक्त गरेका छन् ।

बैठकमा धारणा राख्नेहरूमा केन्द्रीय सदस्य रमेश रिजाल, जीपछिरिङ लामा, दिलेन्द्रप्रसाद बडू, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, प्रदीप पौडेल, डा. डिला संग्रौला, डा. गोपाल दहित, सञ्जयकुमार गौतम, मानबहादुर नेपाली, गोविन्दबहादुर शाह, महिन्द्रकुमारी लिम्बू, डा. चन्द्रमोहन यादव, मैकुलाल वाल्मिकी, सरस्वती बजिमय, मुक्ताकुमारी यादव, कान्तिका सेजुवाल, दिनेश कोइराला, सुशीला थिङ, भरतकुमार शाह, आमन्त्रित सदस्य नारायणी रायमाझी तथा प्रदेश सभापतिहरू उद्धव थापा (कोशी), शुक्रराज शर्मा (गण्डकी), ललितजंग शाही (कर्णाली) र बीरबहादुर बलायर (सुदूरपश्चिम) छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ