arrow

दश वर्षीया बालिकालाई जापानिज इन्सेफलाइटिस

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १ शनिबार
japanese-encephalitis-AI.jpg
तस्बिर-एआई ।

तनहुँ । तनहुँमा थप एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ। व्यास नगरपालिका-७ निवासी १० वर्षीया बालिकामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ।

थप एक जनामा पुष्टि भएसँगै जिल्लामा जापानिज इन्सेफलाइटिसबाट सङ्क्रमण हुनेको सङ्ख्या तीन पुगेको छ।

यसअघि गत असोज १ गते आँबुखैरेनी गाउँपालिका-१ बरादी निवासी ७१ वर्षीय पुरुष र गत भदौ १० गते भीमाद नगरपालिका-२ निवासी ८० वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको थियो।

जापानिज इन्सेफलाइटिस सङ्क्रमण देखिएसँगै स्वास्थ्यकर्मीको टोलीले जनसमुदाय स्तरमा स्वास्थ्य सचेतना कार्यक्रम गरेको प्रदेश जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी सुदीप कंडेलले जानकारी दिए।

जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने र मस्तिष्कमा सङ्क्रमण हुने रोग हो। यसले सङ्क्रमितको स्नायु प्रणालीलाई अङ्गभङ्ग बनाउनुका साथै बिरामीको मृत्यु समेत हुने स्वास्थ्यकर्मी बताउँछन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ