arrow

तेरिया मगरलाई सरकारले सम्मान गर्छ : रक्षामन्त्री खाँण

तेरियाले भनिन् ‘म जहाँ भएपनि मेरो काम नेपाल र नेपालीको लागि हुनेछ’

logo
प्रकाशित २०७३ माघ २२ शनिबार
teriyasamman.jpeg
काठमाडौं। रक्षामन्त्री बालकृष्ण खाँणले झलक तेरिया फौजा मगरलाई शान्तिदुत र राष्ट्रिय प्रतिभाको रुपमा घोषण गर्नको लागि मन्त्रीपरिषदमा कुरा राख्ने बताएका छन् ।शनिबार रिपोर्टर्स क्लब नेपालमा तेरिया मगर फाउण्डेशनले आयोजना गरेको धन्यवाद तथा आभार प्रटक कार्यक्रममा बोल्दै मन्त्री खाँणले नेपाल र नेपालीको सिरउच्च पार्नेजस्तो महत्वपूर्ण काम गरेकोमा तेरियालाई राष्ट्रिय प्रतिभाको रुपमा घोषणा गर्नको लागि मन्त्रीपरिषदमा कुरा राख्ने बताएका हुन्। 
 
मन्त्रि खाँणले भने,‘तेरियाले सानै उमेरमा देशको लागि ठुलो योगदान दिएकी छिन्, उनको योगदानले नेपाल र नेपालीको सिर उचो बनाएको छ, भावि पुस्ताको लागि अनुकरणीय र वर्तमान स्थितिका वालबालीको लागि आर्दशको रुपमा तेरिया अघि आएकि छिन्, तेरियाको ईच्छा चाहाना र आवश्यकता पुर्ति गर्न सरकार जहिलेपनि सकारात्मक छ, तेरियाको योगदानको उच्च कदर गर्दछ, मैले तेरियाको सफलता र तेरियासँग जोडिएको नेपालीपनलाई सरकारसामु राख्नेछु, जसले आगामी दिनमा तेरियालाई अघि बढ्ने हौसला मिल्नेछ।’
 
त्यस्तै रिपोर्टर्स क्लबका सभापति ऋषि धमलाले तेरियाले देशका लागि पुर्याएको योदानलाई सञ्चारमाध्ययमले देश तथा बिदेशमा प्रचार प्रसार गर्नको लागि कुनैपनि कसर बाँकी नराख्ने र आगामी दिनमा पनि यस्तै प्रगतिका लागि निरन्तर साथ दिने बिश्वास व्यक्त गरे। 
उनले भने,‘रङ्गमञ्चको दुनियाँबाट मनिषा कोईरालाले जसरी नेपाल नेपालीलाई चिनाएकी छिन् त्यो भन्दा बिशाल नाम राख्न तेरिया सफल बन्नेमा बिश्वस्त छु, यो सुरुवात हो, तेरियाले धेरै गर्नसक्ने देख्छु, यो प्रगतिमा हामी नेपालीको साथ छ।’
 
तेरिया फाउण्डेशनकी संरक्षक तथा भारतीय टेलिभिजन च्यानल कलर्सबाट प्रसारण हुने कार्यक्रम ‘झलक दिखला जा’को बिजेता तेरिया फौजा मगरले आफ्नो क्षमताले मात्रै बिजेता नबनेको बताएकी छिन्। उनले भनिन्,‘मेरो क्षमता त छदै थियो, त्यतिले मात्र म सफल बनेकि होईन्, देश तथा बिदेशमा रहेका तमाम नेपालीहरूको भोटिङ्को अमुल्य सहयोगले म सफल भएकी हुँ। 
उनले फरक प्रसँगमा आफुलाई नेपालमा किन बस्दिनन् भनेर कुरा चलिरहेकोले आफू जहाँ भएपनि नेपालको काम गर्ने बताईन्। 
 
उनले अघि थपिन्,‘म नेपालमा बसेर केही काम गरे भनें तेरिया नामले मात्रै चिनिन्छु, यदि म बाहिर बसेर सानो प्रगति गरें भने पनि नेपालकी तेरियाले यस्तो गरिन भनेर आउँछ, त्यसैले म जहाँ बसेपनि नेपाल र नेपालीहरुको लागि काम गर्नेछु।’बागेश्वरी कला केन्द्रका संस्थापक सुरेश सेन्चुरीले बागेश्वरी कला केन्द्रबाट नृत्य सिकेकी तेरियाले आज विश्वमा नेपालको नाम चिनाउन सफल भएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा सांसद आदित्यनारायण कंसुधर,फाउण्डेशनका अध्यक्ष कृष्ण फौजामगर लगायतले तेरियाको प्रगती र भावि भबिष्यको बारेमा आफ्ना कुरा राखेको थिए ।   
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ