arrow

लक्ष्मी पूजाको दिन सुनचाँदीको भाउ सामान्य वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ३ सोमबार
gold-silver-new-hk-2081.jpg

काठमाडौँ । नेपाली बजारमा लक्ष्मी पूजाको दिन सोमबार सुनचाँदीको भाउ सामान्य वृद्धि भएको छ ।

सोमबार सुन तोलामा तीन सय र चाँदी पाँच रुपैयाँ बढेको हो । 

मूल्य बढेसँगै छापावाला सुनको भाउ प्रतितोला दुई लाख ५३ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि आइतबार सुन प्रतितोला दुई लाख ५३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको भाउ गत शुक्रबार हालसम्मकै उच्च प्रतितोेला दुई लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो । 

यता, आइतबार प्रतितोला तीन हजार दुई सय ७५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ सोमबार तीन हजार दुई सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको भाउसमेत गत शुक्रबार हालसम्मकै उच्च तीन हजार तीन सय ५० रुपैयाँ पुगेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ