arrow

शहीदहरूको सम्झनामा श्रद्धासुमनसहित भाइटीका कार्यक्रम

जेन–जी आन्दोलनका शहीदहरूको सम्झनामा माइतीघरमा भाइटीका, सरकारलाई खबरदारी [भिडियो]

अन्तरिम सरकार जेन–जीका उद्देश्य पूरा गर्न नलागेको आरोप

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ६ बिहिबार
genz-maiti.jpg

काठमाडौँ। जेन–जी युनाइटेडले आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्झनामा श्रद्धासुमनसहित भाइटीका कार्यक्रम आयोजना गरेका छन्। उनीहरूले जेन–जी एक हुनुपर्ने माग राख्दै शहीदका आत्माले शान्ति पाउन र स्वार्थको खेल नहोस् भन्दै दबाब दिएका छन्।

काठमाडौँको माइतीघर मण्डलामा भेला भई जेन–जी युनाइटेडले शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। उनीहरूले शरीरमा नेपाली झण्डा ओढेर 'रगतले लेखिएको इतिहास अब खेर नजाओस्', 'शहीदको नाममा स्वार्थको खेल नहोस्', 'शहीदको सपना पूरा गर्नु हाम्रो जिम्मेवारी हो' जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए। उनीहरूले माइतीघर मण्डपमा आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको तस्बिर राखेर भाइटीकाको दिन माल्यार्पण गरेका छन्।

बिहीबार माइतीघर मण्डलामा आयोजित दबाबमुलक कार्यक्रममा जेन–जी आन्दोलनका शहीद तथा घाइतेका परिवारहरूले अन्तरिम सरकार जेन–जीका उद्देश्य पूरा गर्न नलागेको आरोप लगाएका छन्।

शहीद योगेन्द्र गौतमका मामा कमल सुवेदी ले देशभरका जेन–जीहरू एक ढिक्का भएर लाग्नुपर्छ भनेर यो सामूहिक दबाब कार्यक्रम आयोजना गरेको बताए। उनले शहीदहरूको उद्देश्यअनुसार सरकार उनीहरूका सपना पूरा गर्न नलागेको आरोप लगाउँदै सरकारलाई खबरदारी गरे।

सुवेदीले भने, "अन्य छलफल चलिरहँदा शहीदको सपना तुहिने स्थितिमा पुगेको छ। त्यसस्थितिमा पुग्न दिनु हुँदैन, जेन–जी सबै एकढिक्का भएर देश निर्माणमा लाग्नुपर्छ।" उनले अन्तरिम सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप पनि लगाए।

उनले दोषी तथा भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, संविधान संशोधन हुनुपर्ने र प्रत्यक्ष कार्यकारीमा जानुपर्ने माग दोहोर्‍याउँदै सरकारको ध्यानाकर्षण शहीदहरूको सपना पूरा गर्नेतिर केन्द्रित हुन जरुरी रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ