arrow

गौशालामा रामानन्द मृत फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ८ शनिबार
ramananda-sarlahi.jpg

सर्लाही । महोत्तरीको गौशाला नगरपालिका वडा नं ५ स्थित गौशाला बजार क्षेत्रमा सर्लाहीका एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

मृतक सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नं ९ वसन्तपुरका करिब ३० वर्षीय रामानन्द बैठा भएको प्रहरीले जनाएको छ ।

स्थानीयले बजार क्षेत्रमा बेहोस अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार बैठाले लामो समयदेखि मादक पदार्थ सेवन गर्ने गरेको र स्वास्थ्यसम्बन्धी समस्या पनि रहेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ । 

तथापि, उनको मृत्युको कारण पोष्टमार्टमपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्रकुमार भट्टका अनुसार मृतकका आफन्तलाई सूचना दिइसकिएको छ र आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ