arrow

तोलामा ११ हजार छ सय रुपैयाँ घट्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ९ आइतबार
gold-silver-new-hk-2081.jpg

काठमाडौँ । तिहारपछिको पहिलो दिन सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

अघिल्लो दिनको तुलनामा आइतबार सुनको भाउ प्रतितोला ११ हजार छ सय रुपैयाँ र चाँदीको दुई सय ६५ रुपैयाँ घटेको छ । 

तिहार अघि कात्तिक ३ गते प्रतितोला दुई लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ तिहारपछि कात्तिक ९ गते दुई लाख ४१ हजार नौ सय सय रुपैयाँमा कारोबार भएको छ । 

यता, कात्तिक ३ गते प्रतितोला तीन हजार दुई सय ८० रुपैयाँमा कारोबार भएको असली चाँदी आइतबार तीन हजार १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ