arrow

छठ पर्व

कमलपोखरीमा छठ, प्रधानमन्त्री कार्कीले गरिन् पूजा आराधना [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १० सोमबार
chhat-kamalpokhari-082.jpg

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज (सोमबार) काठमाडौंको कमलपोखरीमा पुगेर छठी माताको पूजा आराधना गरेकी छन्।

छठ पर्वको मुख्य दिन प्रधानमन्त्री कार्कीले कमलपोखरीस्थित छठ घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठी माताको पूजा आराधना गरेकी हुन्।

प्राचीन कालदेखि सूर्यको आराधना गरी मनाइँदै आएको बहुसांस्कृतिक, बहुधार्मिक एवं बहुजातीय पर्व छठको अनुष्ठानअन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ। काठमाडौंको कमलपोखरीमा विगत नौ वर्षयता छठ पर्वको अवसर पारेर विशेष कार्यक्रम आयोजना हुँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ