arrow

निरन्तर घट्यो सुनको भाउ, तोलाको दुई लाख ३७ हजार कायम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ११ मंगलबार
gold-silver-new-hk-2081.jpg

काठमाडौँ। नेपाली बजारमा सुनको भाउ तीन दिनदेखि लगातार घटेको छ । सुनको भाउ सोमबारको तुलनामा मंगलबार तोलामा दुई हजार नौ सय रुपैयाँ घटेको छ । 

मूल्य घटेसँगै सोमबार प्रतितोला दुई लाख ३९ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ मंगलबार दुई लाख ३७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

तिहार अघि कात्तिक ३ गते प्रतितोला दुई लाख ५३ हजार पाँच सय रुपैयाँ रहेको सुनको भाउ घटेर तिहारपछि ९ गते आइतबार दुई लाख ४१ हजार नौ सय रुपैयाँ कायम भएको थियो ।

सुनको भाउ असोज ३१ गते प्रतितोला दुई लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।

यस दिनको सुनको मूल्य हालसम्मकै उच्च हो । 

यता, आज असली चाँदीको भाउ तोलामा ६० रुपैयाँले घटेको छ ।

सोमबार प्रतितोला दुई हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज दुई हजार नौ सय २० रुपैयाँमा कारोवार भइरहेको छ ।

चाँदीको भाउ पनि असोज ३१ गते हालसम्मकै उच्च प्रतितोला तीन हजार तीन सय ५० रुपैयाँ कायम भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ