arrow

वर्षाका कारण नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १३ बिहिबार
daunney-sadak.jpg

नवलपुर (नवलपरासी)। पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड आज बिहानैदेखि अवरुद्ध भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले दिएको जानकारीअनुसार सडक मर्मतका लागि एकतर्फी बनाइएको उक्त सडकमा आज बिहानैदेखिको वर्षाका कारण अवरोध आएको हो।

वर्षाले गर्दा दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको छ।

सूचना अधिकारी नेपालले भने, “बिहानैदेखि परेको पानीका कारण बाटो हिलो र चिप्लो हुँदा सवारीसाधन पश्चिमतर्फ जान सकेका छैनन्। दाउन्ने खण्डमा मालवाहक सवारीसाधन उकालो चढ्न नसकेपछि यस खण्डमा जाम हुन नदिन प्रहरी खटिएका छन्।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ