arrow

जेन-जीको माग पूरा गर्न महाधिवेशनभन्दा अधिवेशन आवश्यकः खतिवडा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १३ बिहिबार
ramhari-khatiwada-nc-13-07.jpg

काठमाडौंँ। नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले जेन-जीको माग पूरा गर्न उनीहरूलाई पार्टीमा समावेश गर्नुपर्ने र त्यसका लागि विशेष महाधिवेशन भन्दा अधिवेशनको आवश्यकता रहेको बताएका छन् ।

बिहीबार बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारमाध्यमसँग कुरा गर्दै उनले विशेष महाधिवेशन भन्दा अधिवेशनको आवश्यकता रहेको बताए ।

उनले भने, ‘जेन-जीहरूको आन्दोलनपछि जेनजीहरूको माग पुरा गर्न उनीहरूलाई पनि पार्टीमा समावेश गर्ने हो भने विशेष महाधिवेशन भन्दा अधिवेशनको आवश्यकता छ । विशेष महाधिवेशन गर्न केन्द्रका लागि उहाँहरूले बुझाउनु भएको छ । केन्द्रको सभापतिको वा उपसभापतिको महामन्त्रीको केन्द्रीय सदस्यहरूको मात्र गर्ने हो की स्थानिय तहको वडादेखि पालिका हुँदै जिल्ला हुँदै अरुको पनि गर्ने हो त्यो स्पष्ट छैन ।’

उनले विशेष महाधिवेशनको लागि स्पष्ट नभएकाले केन्द्रीय समितिको बैठकमा छलफल जारी राखेको पनि जानकारी दिए ।

नेता खतिवडाले नेपाली कांग्रेसको विधानबाट निर्वाचित भएका महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्यहरूको अवधि यही मंसिर २९ गतेसम्ममात्र रहेको बताए ।

उनले विधानुसार एक वर्षको म्याद थप्न सकिने व्यवस्था भए पनि अधिवेशन भयो भने सबैको पदावधि थप्नु नपर्नेसमेत बताए ।

‘हामी सामान्यतया चार वर्षका लागि विधानबाट निर्वाचित भएका महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्य हौँ। विधानले एक वर्ष थप्ने समय दिएको छ । जुन केन्द्रीय समितिले निर्णय गरेपछि मात्र थपिन्छ । अब हाम्रो अवधि विधानतया नथपिने अवधि हाम्रो पनि यही मंसिर २९ गतेसम्म मात्र हो’, उनले भने, ‘२९ गतेसम्म अधिवेशन भयो भने हामी सबैको पदावधि थप्नु परेन । नत्र केन्द्रीय कार्यवाहक सभापतिदेखि महामन्त्री, उपसभापतिदेखि केन्द्रीय सदस्यहरूको थप गर्नुपर्छ । हैन भने कसैको पनि पदावधि रहेन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ