arrow

हरिबोधिनी एकादशीमा नारायण मन्दिरहरूमा श्रद्धालुहरूको भीड [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १५ शनिबार
ekadashi-narayan-mandir (11).jpg
तस्बिर – रासस, नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । आज हरिबोधिनी एकादशी । हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी मनाइने प्रचलन रहेको छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।

हरिशयनी एकादशीका दिन घर–घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ । तुलसी विष्णुप्रिय भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ ।

आजका दिन विशेष गरी काठमाडौं उपत्यकाको चाँगुनारायण, ईचाँगुनारायण, शेषनारायण, विसंखुनारायण र बुढानिलकण्ठमा मेला लागेको छ । 

देशैभरका नारायण मन्दिरमा भीड लागेको हो । तस्बिरमा चाँगुनारायण मन्दिरमा झरीको समयमा पनि दर्शनका लागि श्रद्धालुहरूको भीडसँगै देशका विभिन्न भागका नारायण मन्दिरहरूको भीड देखाइएको छ । तुलसीको पूजा पनि गरिएको छ । 

ekadashi-narayan-mandir (12).jpg
ekadashi-narayan-mandir (13).jpg
ekadashi-narayan-mandir (14).jpg
ekadashi-narayan-mandir (15).jpg
ekadashi-narayan-mandir (16).jpg
ekadashi-narayan-mandir (17).jpg
ekadashi-narayan-mandir (18).jpg
ekadashi-narayan-mandir (19).jpg
ekadashi-narayan-mandir (20).jpg
ekadashi-narayan-mandir (21).jpg
ekadashi-narayan-mandir (22).jpg
ekadashi-narayan-mandir (1).jpg
ekadashi-narayan-mandir (2).jpg
ekadashi-narayan-mandir (3).jpg
ekadashi-narayan-mandir (4).jpg
ekadashi-narayan-mandir (5).jpg
ekadashi-narayan-mandir (6).jpg
ekadashi-narayan-mandir (7).JPG
ekadashi-narayan-mandir (8).jpg
ekadashi-narayan-mandir (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ