arrow

मिथिलामा अखण्ड भण्डारा गराएर दिव्य धर्म यज्ञ दिवस मनाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १८ मंगलबार
satlok-aashram-dhanusha.jpg

काठमाडौँ। सन्त रामपालजी महाराजको पावन सान्निध्यामा सतलोक आश्रममा ५१२औँ ‘दिव्य धर्म यज्ञ दिवस-२०८२’ शुरू भएको छ ।

मिथिला नगरपालिका वडा नं २ बेलाचापीस्थित भारतका १२ ओटा सतलोक आश्रममा पनि यो ऐतिहासिक उत्सवको जोडतोडले चलिरहेको छ । 

करिब ५१२ वर्षअघि कबीर साहेबले काशीमा १८ लाख साधु सन्तलाई तीन दिनसम्म मोहन भण्डारा गराएर ‘सत्य धर्म’ को सन्देश दिएका थिए । 

यसै दिव्य लीलाको स्मृतिमा यो दिवस मनाइने गरिन्छ । 

कार्यक्रममा तीन दिवसीय अखण्ड भण्डारा गराइने छ, जसमा शुद्ध घीउमा बनेको लड्डु, जेरी, हलुवा, पूरी, तरकारी, सब्जी, अचार, आदि वितरण गरिनेछ । 

सन्त गरीबदासजी महाराजद्वारा लिखित ‘अमर ग्रन्थ साहिब’ को तीन दिवसीय अखण्ड पाठ गरिनेछ । शुद्ध घीउमा अखण्ड ज्योती पनि प्रज्वलित गरिन्छ, जसलाई हवन यज्ञ भनिन्छ ।

विभिन्न सन्त तथा महापुरुषको जीवनमा आधारित आध्यात्मिक प्रदर्शनी पनि लगाइनेछ । दाइजो तथा आडम्बर रहीत विवाह समारोहले वैवाहिक कार्यक्रम पनि राखिएको छ । 

मानव सेवा नै सच्चा धर्मको भावनासहित रक्तदान शिविर सञ्चालन हुनेछ । निःशुल्क नाम दीक्षामा सन्त रामपाल जी महाराजको साक्षात्कारमा साँचो मोक्षमार्गमा प्रवेश गराइने छ । 

उत्सवले आध्यात्मिक चेतना जगाउने, यथार्थ शास्त्रअनुसार भक्ति ज्ञान प्रचार गर्ने र सबै जात, धर्म तथा देशका मानिसबीच प्रेम, भाइचारा तथा शान्तिको सन्देश फैलाउने उद्देश्य रहेको आयोजक पूर्ण ब्रह्म कवीर उपासक समाज नेपालले जनाएको छ ।

पूर्ण ब्रह्म कबीर उपासक समाज, नेपालले सबै श्रद्धालु, भक्त र समाजसेवीलाई यो दुर्लभ आध्यात्मिक अवसरमा सहभागी भई सत्यज्ञानको ज्योति ग्रहण गर्न र मानवताको सेवा मार्गमा अग्रसर हुन निमन्त्रणा गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ