काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य एवम् पूर्वउपपधानमन्त्री श्रेष्ठको भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा आन्द्राको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी गराएका छन्। नेता श्रेष्ठ हाल सोही अस्पतालमा उपचाररत छन्।