arrow

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १९ बुधबार
congress-meeting-82-7-13yy (2).jpg

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ। गत असोज २८ गतेबाट प्रारम्भ भएको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा आज पनि पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो।

कार्यसमितिको बैठक आज बिहान ११ः३० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार बैठकमा सदस्यहरूले आफ्नो धारणा राख्नेक्रम जारी छ। मङ्गलबार बसेको बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्री महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ र केन्द्रीय सदस्यहरू कृष्णप्रसाद सिटौला, डा. चन्द्रकान्त भण्डारी, कर्णबहादुर बुढा, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, कुन्दनराज काफ्ले, राधा घले र शारदा पौडेलले आ–आफ्नो धारणा व्यक्त गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ