arrow

विशेष अधिवेशन रोक्न खोज्नेहरूलाई दिव्यमणीको प्रश्न

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २० बिहिबार
divyamani-rajbhandari5.JPG
फाइल तस्बिर

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद दिव्यमणी राजभण्डारीले कांग्रेसका संस्थापक बीपी कोइरालाको स्मरण गर्दै अहिलेको नेतृत्वले जनमत लत्याउन नमिल्ने बताएका छन् । 

सामाजिक सञ्जालमा आफ्नो विचार व्यक्त गर्दै राजभण्डारीले जनमत संग्रह हुँदा पञ्चायतका पक्षमा ५५ प्रतिशत मत आउँदा बीपीले मर्यादा स्वीकार्दै 'मतदाताको मत सर्वोपरि हो' भनेको भनाइलाई स्मरण गर्दै अहिले ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग्दा नेतृत्वले लत्याउन नमिल्ने बताएका छन् । 

उनले '५५ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागलाई लत्याउन खोज्नेलाई बीपीका अनुयायी भन्न मिल्छ ?' भनी प्रश्न गरेका छन् । 

कांग्रेसको संस्थापनले फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनपछि मात्र बैशाखमा महाधिवेशन गर्न खोजिरहेको छ । तर न सत्तामा छ न त प्रतिनिधि सभा विघटन भएका अवस्थामा विपक्षमै कांग्रेस छ । 

फुर्सदमा भएको कांग्रेसले जेन-जी आन्दोलनको म्यान्डेटलाई लत्याउँदै पार्टीलाई पुनर्जागरण गर्न खोजेको छैन । कतिपय नेताहरूले आफूलाई नसुधारी जनतासँग मत माग्न जाने हो भने लौरोले हानेर धपाउनेसमेत बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ