arrow

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

logo
रासस,
प्रकाशित २०८२ कार्तिक २१ शुक्रबार
vitamina-worm-82-01-06.jpg
तस्बिर : फाइल

काठमाडौँ। स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ।

शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइने छ  । दोस्रो चरणको भिटामिन ‘ए’ कार्यक्रम आगामी वैशाख ६ र ७ गते खुवाइने छ। यो कार्यक्रम सञ्चालन गर्न ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन भएका छन्।

बालबालिकामा कुपोषणको जोखिम हुन नदिन सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ