arrow

'विश्व रेडियोग्राफी दिवस' तथा 'अन्तरराष्ट्रिय रेडियोलोजी दिवस' आज मनाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २२ शनिबार
united-nations.jpg

काठमाडौँ। 'विश्व रेडियोग्राफी दिवस' तथा 'अन्तरराष्ट्रिय रेडियोलोजी दिवस' आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ।

नोभेम्बर ८ का दिन विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे चेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ। यसवर्ष ‘इमेजिङ उत्कृष्टतामार्फत स्वास्थ्य सेवा सशक्तिकरण’ भन्ने मूल नाराका साथ १३०औँ विश्व रेडियोग्राफी तथा अन्तरराष्ट्रिय रेडियोलोजी दिवस मनाउन लागिएको हो।

सन् १८९५ नोभेम्बर ८ का दिन जर्मनीका वैज्ञानिक विल्हेल्म रोईन्टजेनले रेडियोग्राफी (विकिरण एक्स–रे) को आविष्कार गरेका थिए। वैज्ञानिक रोईन्टजेनले गरेको यस आविष्कारप्रति सम्मान दिन प्रत्येक वर्ष उक्त दिवस विश्वभर मनाइँदै आइएको छ।

चिकित्सकहरूका अनुसार, एक्सरेले मानव शरीरभित्रका हड्डीका साथै कुनै बाहिरी पदार्थ भए नभएको कुरा पत्ता लगाउँदछ भने अल्ट्रासाउण्ड, सिटि स्क्यान र एमआरआइले शरीरभित्रका अङ्गमा भएका समस्याका बारेमा बिना चिरफार पत्ता लगाउने गर्दछन्।

वरिष्ठ रेडियोलोजिष्ट डा. शर्मा पौडेलले प्रविधिको विकाससँगै रेडियोलोजी रोग पत्ता लगाउने र उपचार गर्ने दुवै पद्दतीको रूपमा विकास हुँदै गएको बताएका छन्। उहाँका अनुसार, रेडियोलोजी विधामा रोग पत्ता लगाउने ‘डाइगोनोष्टिक रेडियोलोजी’ र बिना चिरफार उपचार गर्ने ‘इन्टरभेन्सन रेडियोलोजी’ मार्फत बिरामीको उपचार गरिँदै आएको छ।

डा. पौडेलले विकिरण (रेडिएसन) प्रयोग गरेर गरिने जाँचमा एक्सरे, सिटी स्क्यान, फ्लोरोस्कोपी, न्यूक्लियर मेडिसीन र मेमोग्राफी पर्ने गरेका छन् भने विकिरण प्रयोग नगरी गरिने जाँचमा अल्ट्रा साउण्ड (भिडियो एक्सरे) र एमआरआई लगायत पर्ने गरेको जानकारी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ