arrow

रहेनन् अफताव आलम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २२ शनिबार
aalam.jpg

काठमाडौँ। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधन भएको छ।

उच्च रक्तचाप, सुगरलगायत स्वास्थ्य समस्याका कारण विगत एक महिनादेखि काठमाडौँको सीनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचार गराइरहेका आलमको आज बिहान २ः०० बजे निधन भएको हो। 

उनलाई दसैँअघिदेखि अस्पतालमा भर्ना गरिएको थियो र पछिल्लो एक सातादेखि स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। अस्पतालका सञ्चालक एवं कांग्रेसका निवर्तमान सांसद डा सुनिल शर्माले आलमको उपचारका क्रममा निधन भएको जानकारी दिए।

आलमको लामो राजनीतिक जीवन रहेको थियो। उनी विसं २०५१ को उपनिर्वाचनमा पहिलोपटक संसदीय निर्वाचनमा विजयी भएका थिए। त्यसपछि उन विसं २०५४ मा श्रम राज्यमन्त्री र २०५५ मा वन राज्यमन्त्री बने।

उनी २०५६ सालको संसदीय निर्वाचन र विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि निर्वाचित भएका थिए। उनले भूमि सुधारमन्त्री र श्रम तथा यातायातमन्त्रीसमेत भएर काम गरेका थिए भने विसं २०६७ को पार्टीको १२औँ महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

आलमले विसं २०६४ चैत २७ गते पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुरमा बम विस्फोटमा परेका दुई घाइतेलाई इँटाभट्टामा जलाएर हत्या गरेको कसुरमा जन्मकैदको फैसला भएपछि कारागार जीवन बिताएका थिए। 

उनलाई गत जेठ १४ गते रौतहट जिल्ला अदालतको फैसलाले कारागारमुक्त भएपछि ब्रेन स्टोक भएको थियो। पूर्वमन्त्री आलमका परिवारमा दुई छोरा र एक छोरी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ