प्रदेश प्रमुखले राजनीति गरेको भन्दै लोसपा विरोधमा, तत्काल सरकार गठनको माग
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २३ आइतबार
984
Shares
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता तथा कार्यकर्ताहरूले मधेस प्रदेशका प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गर्न ढिलाई गरेको भन्दै विरोधमा उत्रिएका छन्।
प्रदेश प्रमुखले दलीय कार्यकर्ता जस्तै राजनीति गर्न खोजेको आरोप लगाउँदै लोसपाका नेता कार्यकर्ताहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले प्रदेश प्रमुखको कार्यालय अगाडि विरोध प्रदर्शन गर्दै नाराबाजी गरेका छन्।
लोसपाका नेता सुरेन्द्र झाले मुख्यमन्त्री जितेन्द्र सोनलले सभामुखले संसदीय मर्यादाविपरीत सदन सञ्चालन गरेको र विश्वासको मत लिने वातावरण नदेखेर मत विभाजनअघि नै राजीनामा दिएको स्पष्ट पारे। उनले प्रदेश प्रमुखले तत्काल संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्नुपर्ने भए पनि प्रदेश प्रमुखले दलीय कार्यकर्ता जस्तो भूमिका निर्वाह गरिरहेको आरोप लगाए।
लोसपाका नेताहरूले आफूहरूसँग मधेस प्रदेशमा सरकार गठन गर्नका लागि स्पष्ट बहुमत रहेको दाबी गरेका छन्।