प्रत्यक्ष निर्वाचनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २४ सोमबार
865
Shares
काठमाडौँ। पहिलो संविधान सभाका चार सभासदसहितको एक टोलीले निर्वाचन कानूनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ नै ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गर्दै प्रधानमन्त्रीसँग भेटवार्ता गरेको छ।
डा. विन्दा पाण्डे, रेणु चन्द, अमृता थापामगर, सुनीलबाबु पन्त लगायतको टोलीले संविधानले समानुपातिक समावेशीको सिद्धान्त अवलम्बन गरे पनि वर्तमान निर्वाचन कानूनले संविधानको यो मर्म आत्मसात गर्न नसकेको जिकिर गरेको छ। उनीहरूले अध्यादेश ल्याएर भए पनि कानून तत्काल सच्याउनुपर्ने माग राखेका छन्। प्रतिनिधिमण्डलमा उषाकिरण तिम्सेना, सम्झना पौडेल, प्रतीक्षा चापागाईंलगायतको पनि सहभागिता थियो।
प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिमण्डलले अघि सारेका मागबारे मन्त्रिमण्डलमा छलफल गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन्।
यस क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचन खर्चिलो हुन नदिने उपायतर्फ पनि सोच्नुपर्ने धारणा राखेकी छन्। खर्चिलो निर्वाचनका कारण नै भ्रष्टाचार र चुनावी बेथिति बढेको उनको भनाइ थियो।