arrow

सार्कोजी २० दिनपछि जेलबाट रिहा

जेलजीवनलाई भने 'दुःस्वप्न'

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २५ मंगलबार
Nicolas_Sarkozy.jpg

काठमाडौँ। फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजी सोमबार पेरिसको ला सान्टे कारागारबाट रिहा भएका छन्। करिब २० दिनको जेलजीवन बिताएपछि बाहिर निस्किएका सार्कोजीले आफ्नो कारावासको अनुभवलाई 'दुःस्वप्न' भनेका छन्।

७० वर्षीय पूर्वराष्ट्रपति सार्कोजी स्थानीय समयअनुसार सोमबार अपराह्न ३ बजे रिहा भएका छन्। उनी जेलबाट छुटेपछि प्रहरीको सुरक्षासहित निवासतर्फ गए । सन् २००७ देखि २०१२ सम्म राष्ट्रप्रमुख रहेका सार्कोजीलाई गत सेप्टेम्बरमा तल्लो अदालतले लिबियाका शासक मोहमर गद्दाफीबाट रकम प्राप्त गर्न खोजेको आरोपमा दोषी ठहर गरेको थियो र उनी अक्टोबर २१ मा जेल परेका थिए। सुनुवाइका क्रममा उनले आफूमाथि लागेका आरोपमा कुनै सत्यता नभएको र यसबारे अनभिज्ञ रहेको बताएका थिए।

सार्कोजीका वकिलहरूले द्रुत रिहाइको माग गर्दै निवेदन दिएका थिए। पुनरावेदन मुद्दाका कारण सार्कोजी अब फेरि निर्दोष भएको अनुमान गरिएको छ। सोमबार अदालतमा सार्कोजीको अनुरोधको जाँचका क्रममा अभियोजनकर्ताहरूले नै मार्चमा हुने पुनरावेदन सुनुवाइ अघि उनलाई रिहा गर्न माग गरेका थिए।

रिहाइपछि सार्कोजीले जेलका कर्मचारीहरूलाई धन्यवाद दिँदै उनीहरूले 'असाधारण मानवता' देखाएको र 'यो दुःस्वप्नलाई सामान्य बनाउन मद्दत गरेको' बताए। उनको प्रतिरक्षा टोलीका सदस्य क्रिस्टोफ इन्ग्रेनले रिहाइलाई 'एक कदम प्रगति' भनेर स्वागत गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ