काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला ४ हजार ९ सय रुपैयाँले बढेको छ।
सोमबार प्रति तोला २ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर प्रति तोला २ लाख ४६ हजार ४ सय रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। चाँदीको मूल्य १०५ रुपैयाँले बढेको महासंघले जनाएको छ। सोमबार प्रति तोला ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज बढेर प्रति तोला ३ हजार १ सय ७० रुपैयाँ मा कारोबार भइरहेको छ।