arrow

सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्ध अन्तरराष्ट्रिय दिवस मनाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २८ शुक्रबार
united-nations.jpg

काठमाडौँ। पुराना मूर्तिकला, चित्रकला, हस्तकला, ऐतिहासिक स्थल र अन्य सांस्कृतिक सम्पत्तिको चोरी तथा अवैध तस्करी रोक्न चेतना फैलाउने उद्देश्यका साथ आज (शुक्रबार) विश्वका विभिन्न देशहरूमा सांस्कृतिक सम्पत्तिको अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा पाँच वर्षअघिदेखि यस दिनलाई अन्तरराष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो।

राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृति सङ्गठन (युनेस्को) ले नेपालजस्तो सांस्कृतिक धरोहरले समृद्ध देशका काठमाडौँ, भक्तपुर, ललितपुरलगायत स्थानका पुराना मन्दिर, मूर्तिकला र ऐतिहासिक भवनहरूको संरक्षणमा जोड दिएको छ। यस्ता सम्पदाको संरक्षणमा पुरातत्व विभाग क्रियाशील छ। 

पुरातात्विक विशेषज्ञहरूका अनुसार सांस्कृतिक सम्पत्ति केवल पुरानो वस्तु नभई राष्ट्रिय पहिचान र इतिहासको अभिन्न अङ्ग हो, त्यसैले यसको सुरक्षा र संरक्षण सबैको जिम्मेवारी हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ