काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी खुम्चिदै गएको छ । उक्त पार्टीका भरपर्दा नेताहरुले पार्टी छाड्दै गएपछि पार्टी चुनाव आउने बेलामा झन् खुम्चिन थालेको हो ।
पछिल्लो समय सन्तोष परियारले समेत पार्टी परित्याग गरेका छन् । उनी विघटित प्रतिनिधि सभामा रास्वपा प्रमुख सचेतक रहेका थिए ।
तिनै भरपर्दा नेतालेसमेत शुक्रबार पार्टीको परित्याग गरेका हुन् । उनले मिडियामा भनेका छन्, ‘मैले रास्वपा छोड्ने निर्णय गरेको छु ।’
रास्पपा छाडेसँगै उनले नयाँ पार्टी गठनको अभियानलाई तीव्र पारेका छन् । उनको नयाँ पार्टीमा डा बाबुराम भट्टराईकी पुत्री मानुषी यमी भट्टराई, माओवादीका पूर्व मन्त्री सुदन किराँती लगायतसमेत समेटिने बुझिएको छ ।
नयाँ सरकार गठन भएसँगै रास्वपाकी पूर्व सांसद सुमना श्रेष्ठले पार्टी छाडेपछि त्यो लहर स्थानीय तहसम्मै पुगेको छ ।
जेन-जी आन्दोलनका नाममा नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछाने कारागारबाट नक्कली कागजात बनाएर बाहिरिएपछि रास्वपाभित्रै चरम असन्तुष्टि बढेको छ ।