arrow

लोडसेडिङले सिस्टम डाउन, टेलिकमबाट नम्बर पाउनै मुस्किल

logo
प्रकाशित २०७२ पुष ८ बुधबार
Nepal-Telecom.jpg.jpeg
काठमाडौं । विद्युत प्राधिकरणले दिनमा १० घण्टा लोड सेडिङ गर्ने तालिका सार्वजनिक गरेपछी कार्यालयका काम काज चौपट हुन थालेका छन् । यस्तै, लोडसेडिङ्को मारले संचार सेवामा समेत असर गरेको छ । ‘राष्ट्रको संचार’ नेपाल टेलिकमको सिस्टम डाउन हुन थालेपछी कर्मचारी काम विहिन हुन थालेका छन् । 
 
टेलिकमको कल सेन्टर अर्थात् १९७ मा टेलिफोन नम्बरका लागि सम्पर्क गर्दा सिस्टमको समस्याले नम्बर पाउनै मुस्किल भएको छ । लामो नाकाबन्दी, इन्धनको कालोबजारी र बढ्दो लोडसेडिङले अत्यावश्यकिय संचार सेवामा असर परेको हाे । यसले उपभोक्ता चौतर्फी मारमा परेका छन् । इन्धन र संचित विद्युत नएपछी टेलिकमको सिस्टम घण्टौं डाउन हुन थालेको छ ।
 
बढ्दो विद्युत भारले ठाउँ–ठाउँमा विद्युतीय ट्रान्सफर्मरमा खराबी आउन थालेको छ भने, कतिपय ट्रान्सर्फमर विद्युत भार धान्न नसकी बेकामे भएका छन् । विद्युतीय सामग्रीको खराबीले प्राधिकरणको तालिका भन्दा बढी विद्युत कटौती हुन थालेपछी सबै क्षेत्रमा असर परेको छ ।        
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ