arrow

आर्थिक वर्षको पहिलो त्रैमासमा माछापुच्छ्रे बैंकको नाफा ४१ करोड ७९ लाख

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक २२ शनिबार
machhapuchhre-bank-mbl-head-office.jpg
फाइल तस्बिर

काठमाडौँ । माछापुच्छ्रे बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा खुद नाफा ४१ करोड ७९ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले ५० करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेकामा यसपालि १६.९५ प्रतिशत घटेर ४१ करोड ७९ लाखमा पुगेको हो । 

चालु आवको असोज मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी १.६० प्रतिशत घटेर १ अर्ब ४५ करोड ८९ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकले १ अर्ब ४८ करोड २६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

यस अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी २३.७० प्रतिशत बढेर ४५ करोड ८४ लाख रुपैयाँ, कूल सञ्चालन आम्दानी ६.२७ प्रतिशत बढेर २ अर्ब ५ करोड १९ लाख रुपैयाँ, सञ्चालन नाफा ४० प्रतिशत घटेर ५९ करोड ८४ लाख रुपैयाँ रहेको छ । 

१२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ६८ करोड ३८ लाख रुपैयाँ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ