काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार, सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ। आइतबार प्रतितोला रु दुई लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन सोमबारर बढेर प्रतितोला रु दुई लाख ४३ हजार तीन सय रुपैयाँमा आएको महासंघले जनाएको छ।
त्यसैगरी, महासंघका अनुसार चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले बढेको छ। आइतबार तीन हजार १३५ रुपैयाँमा कारोबार भएको चाँदी सोमवार बढेर प्रतितोला रु ३ हजार १ सय ५५ रुपैयाँ पुगेको छ।