arrow

हसिनालाई मृत्युदण्डको फैसला

मृत्युदण्डको फैसलापछि हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २ मंगलबार
sheikh-hasina-r.jpg

काठमाडौँ । मानवताविरुद्धको अपराधमा मृत्युदण्डको सजाय सुनाइएका अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनालाई तत्काल सुपुर्दगी गर्न बङ्गलादेशले सोमबार भारत सरकारसँग माग गरेको छ।

अगस्ट २०२४ को जनविद्रोहपछि भागेर भारतको राजधानी नयाँदिल्ली वा अन्य कुनै भारतीय शहरमा पुगेको अनुमान गरिएकी ७८ वर्षीया हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमललाई ढाकाको एक अदालतले उहाँहरूको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाएको थियो।

बङ्गलादेशको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारत सरकारलाई ती दुई दोषीलाई तत्काल बङ्गलादेशी अधिकारीहरूसमक्ष सुपुर्दगी गर्न आग्रह गरेको छ। बङ्गलादेशले चेतावनीको स्वरमा "यी दोषीहरूलाई शरण दिने विषय अत्यन्त अमैत्रीपूर्ण र न्यायको अपमान हुनेछ" भनेको छ।

यस विषयलाई भारतले 'ध्यान दिएको' जनाएको छ भने बङ्गलादेशका अन्तरिम सरकारका नेता एवं नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसले अदालतको फैसलालाई 'ऐतिहासिक' भन्दै स्वागत गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ