काठमाडौँ। स्थानीय बजारमा आज (मङ्गलबार) सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको मूल्य तोलामा रू तीन हजार आठ सय र चाँदीको मूल्य तोलामा रू ६५ ले घटेको छ।
मूल्य घटेसँगै आज सुन प्रतितोला रू दुई लाख ३९ हजार ५०० र चाँदी प्रतितोला रू तीन हजार ९० मा खरिदबिक्री हुनेछ। अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रति औंस ४ हजार १७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।