arrow

कोशीको योजना आयोग उपाध्यक्षमा निरौला नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ३ बुधबार
niroula-koshi.jpg

काठमाडौँ। कोशी प्रदेश सरकारले योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौलालाई नियुक्त गरेको छ। आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले निरौलालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि आयोगका उपाध्यक्ष रहेका डा. राजेन्द्र अधिकारीले कार्तिक २० गतेदेखि लागू हुने गरी राजीनामा दिएपछि उक्त पद रिक्त बनेको थियो।

प्रदेश सरकारका अनुसार नवनियुक्त उपाध्यक्ष निरौला बैंकिङ क्षेत्रमा लामो अनुभव राख्नुका साथै स्थानीय तहको कामकारबाहीमा पनि दक्ष व्यक्तिका रूपमा परिचित छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ