arrow

पाँच सय ६५ जना अफगान नागरिक जेलमुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
flag-afganistan.jpg

काठमाडौँ । गत हप्ता मात्र पाकिस्तान र इराकका जेलमा बन्दी बनाइएका पाँच सय ६५ जना अफगान नागरिकहरू जेल मुक्त भई अफगानिस्तान फर्केको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।

रिहा गरिएका मध्ये दुई महिनासम्म पाकिस्तानी जेलमा रहेका ५१७ जना अफगान कैदीहरु दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सिमा हुँदै घर फर्केको जनाइएको छ ।

इराकमा छ देखि नौ महिना कैदमा रहेका थप ४८ जना अफगानीलाई पश्चिमी निमरोज प्रान्तको पुल-ए-अब्रेसम सीमाबाट स्वदेश फिर्ता गरिएको मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

गत जुलाईमा सार्वजनिक परराष्ट्र मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार दश हजार भन्दा बढी अफगान नागरिकहरू विदेशमा, बन्दी बनाइएका छन् भने तिनीहरु मध्ये अधिकाशं इरान र पाकिस्तानमा रहेका थिए । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ