काठमाडौँ उपत्यकामा चिसो बढ्दै, न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियसमा झर्यो
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
811
Shares
काठमाडौँ। काठमाडौँ उपत्यकामा हिजोको तुलनामा आज (आइतबार) चिसो झन् धेरै बढेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाको आज बिहान पौने ६ बजेको मापन अनुसार काठमाडौँको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस मापन भएको छ। हिजो शनिबार न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस रहेको थियो।
महाशाखाले चिसो क्रमशः बढ्दो क्रममा रहेकाले स्वास्थ्य सावधानी र आवश्यक तयारी गर्न आग्रह गरेको छ।