arrow

तोलामा २९ सयले बढ्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ७ आइतबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन सुनचाँदीको भाउ बढेको छ । आइतबार सुनको भाउ तोलामा दुई हजार नौ सय र चाँदी ३५ रुपैयाँ बढेको छ ।

मूल्य बढेसँगै आइतबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ४४ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि गत साताको अन्तिम दिन शुक्रबार सुनको भाउ प्रतितोला दुई लाख ४१ हजार सात सय रुपैयाँ रहेको थियो । 

यता, गत शुक्रबार प्रतितोला तीन हजार एक सय रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ आइतबार दुई हजार एक सय ३५ रुपैयाँ कायम भएको छ । 

सुनको भाउ हालसम्मकै उच्च गत असोज ३१ मा प्रतितोला दुई लाख ५८ हजार र चाँदीको तीन हजार तीन सय ५० रुपैयाँ पुगेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ