काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम क्रमशः घट्ने क्रममा रहेको जानकारी दिएको छ।
महाशाखाका अनुसार आज बिहान ५ः४५ बजे गरिएको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस देखिएको छ। हिजो सोमबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस थियो।
हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको पनि महाशाखाले जनाएको छ।