चैनपुर । बझाङको साइपाल गाउँपालिका ४ स्थित साइपाल पाटनमा चौँरीहरू हिउँदमा पनि चर्ने गरेका छन् । चार हजार मिटरको उचाइमा रहेको पाटन आसपासमा हिउँदमा पनि चौँरीहरू चर्ने र खुला आकाशमा बास बस्ने गर्दछन् ।
यो ठाउँमा जिल्ला सदरमुकाम चैनपुरबाट ७ दिनको पैदलयात्रापछि पुगिन्छ । रासस