arrow

सुनचाँदीको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ९ मंगलबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ। नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ भारी वृद्धि भएको छ । सोमबारको तुलनामा सुनको भाउ तोलामा पाँच हजार दुई सय र चाँदी ८५ रुपैयाँ बढेको छ । 

मूल्य बढेसँगै छापावाला सुन प्रतितोला दुई लाख ४७ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

सुन सोमबार प्रतितोला दुई लाख ४२ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो भने हालसम्मकै उच्च गत असोज ३१ मा दुई लाख ५८ हजार पुगेको थियो । 

यता, सोमबार तीन हजार एक सय १५ रुपैयाँमा कारोबार भएको असली चाँदी मंगलबार बढेर तीन हजार दुई सय रुपैयाँ पुगेको छ । 

चाँदीको मूल्य हालसम्मकै उच्च गत असोज ३१ मै प्रतितोला तीन हजार तीन सय ५० रुपैयाँ पुगेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ