प्रतिनिधि सभा चुनावमा भाग लिन दल दर्ताको आज अन्तिम मौका
८० दलले गराए नाम दर्ता
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
712
Shares
काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने आज अन्तिम दिन रहेको छ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भाग लिन निर्वाचन आयोगमा राजनीतिक दल दर्ता गराउने समय आजबाट समाप्त हुन लागेको हो। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगमा कुल १३४ दल रहेका छन् भने तीमध्ये मङ्गलबारसम्म ८० दलले चुनाव प्रयोजनका लागि दल दर्ता गराएका छन्।
पहिले दर्ता भइसकेका राजनीतिक दलहरूले पनि निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनुपर्ने निर्वाचन आयोगको प्रावधान छ। त्यसअनुसार दल दर्ता र नवीकरणका लागि आज अन्तिम दिन रहेको छ।