arrow

तोलामा नौ सय बढ्यो सुनको भाउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १० बुधबार
gold-silver-new-hk-2081.jpg

काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा नौ सय र चाँदी २० रुपैयाँ बढेको हो । 

मूल्य बढेसँगै बुधबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ४८ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

मंगलबार सुनको भाउ प्रतितोला दुई लाख ४७ हजार नौ सय तथा सोमबार दुई लाख ४२ हजार सात सय रुपैयाँ रहेको थियो । सुनको भाउ हालसम्मकै उच्च गत असोज ३१ मा प्रतितोला दुई लाख ५८ हजार रुपैयाँ पुगेको थियो । 

यता मंगलबार प्रतितोला तीन हजार हजार २०० रुपैयाँमा कारोबार भएको असली चाँदी बुधबार बढेर तीन हजार दुई सय २० रुपैयाँ कायम भएको छ । चाँदीको भाउ सोमबार प्रतितोला तीन हजार एक सय १५ रुपैयाँ रहेको थियो । 

चाँदीको भाउ हालसम्मकै उच्च गत असोज ३१ मा प्रतितोला तीन हजार तीन सय ५० रुपैयाँ पुगेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ