arrow

कर्णालीमा रक्षा संवाददाता अभिमुखीकरण 

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८२ मंसिर ११ बिहिबार
rakchaya-sambaddata-karnali.jpg

हुम्ला । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सञ्चालित चार दिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजना र उत्तर पश्चिम पृतना हेडक्वार्टरको समन्वयमा सोमबारदेखि सुरु भएको कार्यक्रम बिहीबार समापन भएको हो।

कार्यक्रममा कर्णाली प्रदेशका आठ जिल्ला – डोल्पा, जुम्ला, हुम्ला, दैलेख, मुगु, जाजरकोट, कालिकोट र सुर्खेत – तथा लुम्बिनी प्रदेशका बाँके र बर्दियासहितका २४ जना सञ्चारकर्मी सहभागी अभिमुखीकरण कार्यक्रममा पत्रकारलाई नेपाली सेनाको सङ्गठनात्मक संरचना, जिम्मेवारी, भूमिका, समसामयिक गतिविधि तथा राष्ट्रिय हितकाबारे विस्तृत जानकारी गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

समापन समारोहमा उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी दिपेशजंग शाहले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउँदै सहभागी २४ जना सञ्चारकर्मीलाई प्रमाणपत्र वितरण गरेका थिए।

यस अभिमुखीकरण कार्यक्रमले नेपाली सेनाको भूमिका, कार्यसम्पादन तथा राष्ट्रिय सुरक्षाका विषयमा सञ्चारकर्मीहरूले महत्वपूर्ण भूमिका खेल्ने पृतनापति शाहले बताएका छन ।  

सोही कार्यक्रममा रेडियो कार्यक्रम प्रसारणमा पृतनाको जिम्मेवारी क्षेत्रअन्तर्गतका रेडियो स्टेशनलाई जनसम्पर्क तथा सूचना निर्देशनालयबाट निरन्तर सहयोग र प्रोत्साहन प्रदान गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले नेपाली सेनाका विविध विषयमा जानकारी प्राप्त गर्नुका साथै प्रतिक्रियात्मक तथा समसामयिक विषयमा अन्तरक्रिया, स्थल भ्रमण तथा अध्ययन अवलोकन समेत गरेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यसै क्रममा पृतनाको जिम्मेवारी क्षेत्रअन्तर्गत नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्दै आएका कर्णाली तथा लुम्बिनी प्रदेशका ९ वटा एफएम रेडियो स्टेसनलाई जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक सहायक रथी तथा सैनिक प्रबक्ता राजाराम बस्नेतले प्रोत्साहनस्वरुप रु ५ हजार नगद तथा कदरपत्र प्रदान गर्नु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

चार दिनसम्म चलेको अभिमुखीकरणमा सहभागी सञ्चारकर्मीहरूले नेपाली सेनाका विविध गतिविधि, विपद् प्रतिकार्य क्षमतासम्बन्धी प्रस्तुति, विकास–निर्माणमा सेनाको भूमिका, स्थलगत अध्ययन–भ्रमण तथा अन्तर्क्रिया कार्यक्रम सञ्चारकर्मीहरुका लागि अत्यन्त उपयोगी रहेकोअभिमुखीकरणमा सहभागी नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश अध्यक्ष बिष्णु शर्माले बताए ।

नेपाली सेनाले २०६६ सालदेखि पत्रकारका लागि यस्तै रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम गर्दै आइरहेको तथा राष्ट्रको सुरक्षा, विकास र संरक्षणका क्षेत्रमा सेनाले गरिरहेको योगदानलाई पनि यस कार्यक्रमले विशेषरूपमा उजागर गरेको सैनाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ