arrow

तोलामा २२ सय रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको कति ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १२ शुक्रबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । साताको अन्तिम दिन शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला दुई लाख ५० हजार छ सय रुपैयाँ पुगेको छ । 

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघकाअनुसार शुक्रबार सुनको मूल्य तोलामा दुई हजार दुई सय रुपैयाँले बढेको हो । 

सुन बिहीबार प्रतितोला दुई लाख ४८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको भाउ प्रतितोला ६५ रुपैयाँ बढेको छ । 

बिहीबार प्रतितोला तीन हजार दुई सय ८० रुपैयाँमा कारोबार भएको असली चाँदी शुक्रबार तीन हजार तीन सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

सुनको भाउ हालसम्मकै उच्च गत असोज ३१ मा प्रतितोला दुई लाख ५८ हजार र चाँदी तीन हजार तीन सय ५० रुपैयाँ पुगेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ