arrow

स्वास्थ्य चौकीमा म्याद सकिएको औषधि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १३ शनिबार
pakistan-medicine-drugs.jpg

सिरहा । सिरहाको अर्नामा गाउँपालिका वडा नं. ५ मा रहेको स्वास्थ्य चौकीमा म्याद सकिएको ट्याब्लेट बिरामीलाई दिइएको पाइएको छ । योसँगै स्थानीयहरू आक्रोशित बनेका छन् । 

उपचारका नाममा बिरामीको स्वास्थ्यसँग सीधा खेलवाड भएको भन्दै सेवा लिने नागरिकले कडा रूपमा आपत्ति जनाएका छन् ।

स्थानीयका अनुसार नियमित निगरानी नहुनु, औषधिको स्टक चेक नगर्नु र स्वास्थ्यकर्मीको लापरवाहीका कारण यस्तो घटना दोहोरिरहँदा पनि कसैले गम्भीरता दिएका छैनन् । 

‘बिरामी त उपचार खोज्दै आउँछन्, तर यहाँ त उल्टै स्वास्थ्य जोखिममा पार्ने काम भइरहेको छ’, एक स्थानीयले कडा रूपमा आक्रोश व्यक्त गरे ।

यस घटनापछि सम्बन्धित चौकीप्रमुख र गाउँपालिकालाई तत्काल छानबिन गरी गैहजिम्मेवार व्यक्तिमाथि कडा कारबाही गर्न माग गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ