arrow

रुस-युक्रेन युद्ध

युक्रेनका थप दुई क्षेत्र आफ्नो नियन्त्रणमा रहेको रुसी सेनाको घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १६ मंगलबार
ukrine-area.jpg

काठमाडौँ। रुसी सेनाले युक्रेनको डोनेट्स्क क्षेत्रको क्रास्नोआर्मेस्क र खार्कोभ क्षेत्रको भोल्चान्स्क सहरहरू पूर्ण रूपमा नियन्त्रणमा लिएको घोषणा गरेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई यसबारे जानकारी गराइएको छ।

राष्ट्रपति पुटिनले रुसी सशस्त्र बलका प्रमुख भ्यालेरी गेरासिमोभ, केन्द्र बलका कमाण्डर भ्यालेरी सोलोदचुक, र पूर्वी बलका कमाण्डर आन्द्रेई इवानायेभ बाट प्रतिवेदन प्राप्त गरेका थिए। 

आफ्नो प्रतिवेदनमा गेरासिमोभले क्रास्नोआर्मेस्क र भोल्चान्स्क कब्जाको घोषणा गर्नुका साथै अन्य क्षेत्रहरूमा गरिएको आक्रामक कारबाहीको नतिजाको विवरण पनि दिए। 

कमाण्डर सोलोदचुकले क्रास्नोआर्मेस्क–दिमित्रोभ समूहको वरपर घेरिएका युक्रेनी सशस्त्र सेनाहरूलाई हटाउने प्रगतिको बारेमा प्रतिवेदन दिँदै विशेष गरी दिमित्रोभको दक्षिणी भाग अब रुसी नियन्त्रणमा रहेको घोषणा गरे।

यो विजयले रुसको सैन्य कारबाहीमा महत्त्वपूर्ण सफलता प्राप्त गरेको सङ्केत गर्दछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ