arrow

अन्तर्राष्ट्रिय उतारचढावका कारण सुनको मूल्य पुनः बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १७ बुधबार
gold-jewalary.jpg

काठमाडौँ। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले गर्दा आन्तरिक बजारमा सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ५४ हजार १०० कायम भएको छ। मङ्गलबार सुनको मूल्य प्रतितोला रु दुई लाख ५३ हजार ३०० निर्धारण भएको थियो, जसको अर्थ आज सुनको मूल्य रु ८०० ले बढेको छ।

त्यसैगरी, आज चाँदीको मोल रु ११० ले बढेर तोलामा रु तीन हजार ६५५ निर्धारण भएको छ। मङ्गलबार एक तोला चाँदी रु तीन हजार ५४५ मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४,२२६ अमेरिकी डलर र त्यति नै परिमाणको चाँदी ५९ अमेरिकी डलर मा खरिदबिक्री भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ