एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्याउँदै इतिहास रच्यो
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १९ शुक्रबार
753
Shares
काठमाडौँ। एक्साइड ब्याटमोबाइल सेवाले ५० हजार ग्राहक सेवा पुर्याउँदै महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। जसलाई एक्साइड ब्याट्री सेवा इतिहासकै मूल्यवान् माइलस्टोनको रूपमा मानिएको छ। कम्पनीका अनुसार, यी सबै ५०,००० ग्राहकहरू एक्साइडका सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति हुन्। एक्साइड ब्याटमोबाइल सेवा सन् २००७ फेब्रुअरीमा सुरु भएको हो। जहाँ पहिलो महिनामा जम्मा २७ वटा कल प्राप्त भएका थिए। अहिले भने दैनिक २८ भन्दा बढी कलहरूको दरमा सेवा प्रदान भइरहेको छ। सेवा सुरु भएको दिनदेखि आजसम्म र भविष्यमा पनि एक्साइड ब्याटमोबाइल सेवा अविराम, नरोकिने ढङ्गले निरन्तर सञ्चालनमा रहने प्रतिबद्धता कम्पनीले जनाएको छ।
यसलाई कम्पनीले “लाइक ऐन अन्बीटबल किङ अफ ब्याट्री” भनेर वर्णन गरेको छ। एक्साइड ब्याट्री नेपालकै नम्बर एक ब्याट्री ब्रान्ड हो। जुन नेपालकै प्रतिष्ठित कम्पनी सिप्रदी ट्रेडिङ प्रालिको सुपर भिजनमा सञ्चालन हुँदै आएको छ। ग्राहकहरूले एक्साइड ब्याटमोबाइल सेवा नेपालमा उपलब्ध ‘एक मात्र पूर्ण रूपमा निःशुल्क सेवा’ भएको प्रतिक्रिया दिएको कम्पनीले उल्लेख गरेको छ।
एक्साइड ब्याट्री र सिप्रदी ट्रेडिङ प्रालि माथिको ग्राहकको भरोसा र विश्वासले कम्पनीलाई निरन्तर रूपमा सेवा विस्तार गर्न प्रेरित गर्दै आएको छ। सुरुवाती चरणमा एक्साइड ब्याटमोबाइल सेवा चार जना टेक्निसियन, दुई जना ड्राइभर, एक टेक्निसियन–कम–ड्राइभर र एक जनाको–अर्डिनेटरसहित सञ्चालन भएको थियो। मारुती सुजुकी ओमनी भ्यानमार्फत काठमाडौँ उपत्यकाभित्र बिहान ६ बजे देखि राति ९ बजे सम्म छुट्टीका दिनमा पनि सेवा सञ्चालन हुन्थ्यो।
सेवा टेकु शोरुम बाट सुरु भएको थियो, पछि एक्साइड केयर सेन्टर पचली भैरवबाट सञ्चालन भयो र अहिले बागडोल एक्साइड केयर सेन्टर बाट सञ्चालन भइरहेको छ। कम्पनीले २०१६ फेब्रुअरीदेखि दुई वटा स्कुटरमार्फत सेवा विस्तार गरेको र हाल देशभरका शाखाबाट एक्साइड ब्याटमोबाइल सेवा उपलब्ध गराइरहेको जनाएको छ। काठमाडौँ पछि पोखरा र नारायण घाट क्षेत्रमा पनि सेवा माग तीव्र रूपमा बढिरहेको कम्पनीको भनाइ छ।
एक्साइड ब्याटमोबाइल सेवा सबै कार तथा एसयूभी ब्याट्री सँगै ईभी ट्याक्सी को लागि पनि निःशुल्क रूपमा स्टार्ट गरिन्छ। “हेल्प अन द वे; एनीटाइम. गनी ब्याट्री.” भन्ने कम्पनीको नाराअनुसार यस सेवाले वर्षका ३६५ दिन काम गर्छ। नेपाली नयाँ वर्ष, बिस्वकर्मा पूजा र होली बाहेक अन्य सबै दिन सेवा खुला रहन्छ। छुट्टीका दिनमा पनि नजिकका एक्साइड सर्भिस डिलर वा वर्कस्टेसन मार्फत समस्या समाधान गर्ने प्रयास गरिने उल्लेख गरिएको छ। महामारी तथा लकडाउनको कठिन परिस्थितिमा समेत कम्पनीले ग्राहकका सवारी साधन स्टार्ट नहुने समस्या समाधान गर्न सक्दो प्रयास गरेको थियो। हाल ग्राहकहरूको मागअनुसार रिचार्ज का लागि लगिएका ब्याट्रीहरूको होम डेलिभरी सेवा अरू ब्राण्डका ब्याट्रीमा सशुल्क सेवा पनि स्टार्ट गरिँदै आएको छ।
एक्साइड ब्याटमोबाइल सेवा चर्चित कलाकार, गायक, राजनीतिज्ञ, अभिनेता लगायत धेरै परिचित व्यक्तिहरूद्वारा प्रयोग हुँदै आएको छ। ब्याटमोबाइल टिम स्टिकर, पकेट कार्ड, एएमसी भाउचर वितरणदेखि विभिन्न सेवा क्याम्पहरूमा समेत सक्रिय रहेको कम्पनीले जनाएको छ। अधिकांश ओईएमले आफ्ना ग्राहकहरूलाई एक्साइड ब्याटमोबाइल सेवा नै प्राथमिकता दिँदै आएको उल्लेख गरिएको छ।
कम्पनीका अनुसार, ५० हजार सेवा कलको यो उपलब्धि संस्थाका लागि अत्यन्तै महत्त्वपूर्ण सफलता हो। यस उपलब्धिमा प्राप्त मार्गदर्शनका लागि वरिष्ठ महाप्रबन्धक श्री सुरेश कुमार तिवारीलाई कम्पनीले विशेष धन्यवाद व्यक्त गरेको छ। साथै सबै वरिष्ठ अधिकारी, कर्मचारी, सहकर्मी, डिलर, रिटेलर तथा ओईएम पार्टनरहरूलाई निरन्तर सहयोगका लागि हार्दिक आभार व्यक्त गरिएको छ। कम्पनीका अनुसार यो सफलता आगामी दिनहरूमा एक्साइड ब्याटमोबाइल सेवालाई अझ सशक्त बनाउँदै, अझ धेरै कल सेवा दिने र एक सय प्रतिशत ग्राहक सन्तुष्टि प्राप्त गर्ने लक्ष्य पूरा गर्ने प्रेरणा बनेको छ।