arrow

जुम्लामा चार हजार भन्दा बढी साना तथा घरेलु उद्योग दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २६ शुक्रबार
Jumla_District.png

जुम्ला। जुम्लाका चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता भएका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार गत आर्थिक वर्षदेखि हालसम्म विभिन्न प्रकृतिका पाँच हजार दुई सय ८६ उद्योग दर्ता भएका छन् । तीमध्ये आठ सय २५ उद्योग खारेज भएका छन् ।

कार्यालय प्रमुख मन्दिरनाथ योगीले दर्ता खारेज भएका उद्योगबाहेक हालसम्म यहाँ चार हजार चार सय ६१ उद्योग रहेका बताए ।

उनका अनुसार वाणिज्यतर्फ १० लाखभन्दा माथिका तीन हजार उद्योग उपभोक्ता हित संरक्षण कार्यालय र रु तीन लाख मुनिका दुई सय चार नयाँ साना उद्योग स्थानीय तहमा दर्ता भएका छन् ।

दर्ता भएका उद्योगमध्ये उत्पादनमूलक, कृषि तथा वनजन्य, सेवामूलक, पर्यटन, निर्माण र सूचना सञ्चार प्रविधितर्फ उद्योग दर्ता हुने गरेको कार्यालय प्रमुख योगीले बताए ।

यी उद्योगबाट गत आवमा रु ५२ लाख राजस्व सङ्कलन भएको उनले जानकारी दिए ।

उक्त कार्यालयले गत आवमा यहाँका आठवटै स्थानीय तहका दुई सय चार जनालाई विभिन्न सीपमूलक तालिम प्रदान गरेको जनाएको छ ।

जिल्लामा दर्ता भएका अधिकांश उद्योग कागजमै सीमित छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ