सिन्धुपाल्चोक २ बाट यी हुन् संसदीय चुनावलाई सिफारिस गरिएका कांग्रेस नेताहरू
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २८ आइतबार
2.3k
Shares
सिन्धुपाल्चोक । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले क्षेत्र नम्बर २ बाट संसदीय चुनावका लागि पार्टीबाट उम्मेदवार बनाउन सिफारिस गरेको छ । केन्द्रीय कार्यसमितिको २०८२/०८/१५ को बैठकको निर्णय अनुसारको परिपत्र तथा कांग्रेसको विधान २०१७ (संशोधनसहित) को दफा ३२ (८) 'क' अनुसार क्षेत्रीय कार्यसमितिको महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि समेतको मंसिर २२ गते बसेको संयुक्त बैठकले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तथा माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाउन सर्वसम्मत निर्णय गरी सिफारिस गरिएको जनाएको हो ।
प्रतिनिधि सभा (प्रत्यक्षतर्फ) बंशलाल तामाङ, विकास तामाङ, पासाङ दोङ, उद्धव बानियाँ, भुपेन्द्र थापा, विष्णुविक्रम थापा, राजेन्द्रबहादुर गोर्खाली, बिलबहादुर तामाङ, जितबहादुर थिङ, राधिका पौडेल, जगबहादुर लामा, निमा लामा, भरत खड्का, सूर्य प्र. न्यौपाने, जमुना दंगाल र विष्णु प्रसाद घोराशैनीको नाम सिफारिस गरिएको छ ।
त्यस्तै प्रतिनिधि सभा समानुपातिकतर्फ शिवबहादुर सुनार, सानुमाया हिमालय र लक्ष्मी सुनारको नाम सिफारिस गरिएको छ ।
राष्ट्रिय सभा सदस्यका लागि राजेन्द्रमान ताल्चाभँडेल, श्री लामा, विष्णु खड्का र दया मिश्रको नाम सिफारिस गरिएको छ ।